१६.४९ अंकले बढ्यो नेप्से परिसूचक
काठमाडौँ। साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार बढेको छ। नेप्से परिसूचक १६.४९ अंकले बढेर १९५९.१२ विन्दु कायम भएको छ। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.५८ अंकले बढेर ३७१.३१ विन्दुमा पुगेको छ।
नेप्सेमा कूल २७० कम्पनीको ४८ लाख ६५ हजार ४७५ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ८७ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ।
नेप्से इन्डेक्ससँगै सेन्सेटिभ, फ्लोट र सेन्सेटिभ फ्लोट इन्डेक्समा पनि हरियो देखिएको छ। बुधबारको कारोबारमा १३ वटै उपसूचकमध्ये ३ उपसूचक घटेको छ भने बाँकी सबै उपसूचक बढेर हरियाली छाएको छ ।
त्यस्तै, कारोबारको आधारमा शिभम् सिमेन्टको अग्रिम स्थानमा छ। यसको आज १४ करोड भन्दा बढीको कारोबार भएको छ। त्यस्तै क्रमश : नेसनल लाइफ इन्स्योरेन्स र हिमालयन डिस्टिलरीको कारोबार भएको छ।
आत्मनिर्भर लघुवित्त र युनिलिभर नेपालका लगानीकर्ताले अत्याधिक कमाएका छन्। सानिमा इक्युती फण्ड र अजोड इन्स्योरेन्सका लगानीकर्ताले अत्याधिक गुमाएका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment