जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ
सांकेतिक तस्विर।
काठमाडौँ। काठमाडौँमा जुवातास खेलिरहेको अवस्थामा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।
महानगरपालिका-१३ कालीमाटीस्थित ओखलढुंगा लिखु गाउँपालिका घर भएका ३१ वर्षीय होमबहादुर पौडेलको डेरा कोठामा जुवातास खेलिरहेको अवस्थामा पौडेलसमेत पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो।
प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५४ हजार रूपैयाँ र ६ बुक ताससहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment