आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा
काठमाडौं। आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिइएको छ।
गृह मन्त्रालयले आज एक सूचना जारी गर्दै रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौं उपत्यकाका तीन जिल्लाहरू काठमाडौं, ललितपुर र भक्तपुरमा मा सार्वजनिक बिदा दिईएको हो।
मन्त्रालयद्वारा सूचनामा भनिएको छ, विसं२०८० साल जेष्ठ ११ गते बिहीबारका दिन रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौं उपत्यकाका ३ (तीन) जिल्लाहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।’

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment