आज नेप्से बन्द, सेयर कारोबार नहुने

डिसी नेपाल
११ जेठ २०८० ८:५८
172
Shares

काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज बिहीबार बन्द हुने भएको छ।

आज रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौं उपत्यकाको तीन जिल्लाहरुमा सार्वजनिक विदा भएको कारण सेयर बजार बन्द हुने भएको हो। सोही कारण नेप्से पनि बन्द हुने भएको हो।

अब बजार आइतबार बिहान ११ बजे मात्र खुल्नेछ। यसअघि बुधबार नेप्से सूचक १६.४९ अंकले बढेर १९५९.१२ विन्दुमा अडिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *