कुनै पनि शाखामा जागिर खुलाएको छैन : नेपाल टेलिकम

डिसी नेपाल
११ जेठ २०८० ९:३०
164
Shares

काठमाडौँ। नेपाल टेलिकमले कम्पनीले आफ्नो कुनै पनि शाखामा जागिर नखुलेको स्पष्ट पारेको छ । कम्पनीले आज एक विज्ञप्ति जारी गर्दै नेपाल टेलिकममा जागिर नखुलेको स्पष्ट पारेको हो।

‘केही दिनयता ‘नेपाल टेलिकमका विभिन्न शाखाहरुमा काम गर्न भ्याकेन्सी खोलिएको’ भनेर कम्पनीका पदाधिकारीहरुको नामसमेत जोडी विभिन्न फेसबुक ग्रुप र म्यासेन्जर तथा ह्वाट्सएपलगायतका सामाजिक सञ्जालमार्फत गलत सूचना प्रवाह भएको बताउँदै कम्पनीको यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

कर्मचारी आवश्यकतासम्बन्धी सूचना कम्पनीले राष्ट्रिय दैनिक गोरखापत्र तथा कम्पनीको वेबसाइटमा मात्र आधिकारिक रुपमा सार्वजनिक गर्ने गरेकोले यस प्रकारका गलत सूचनाको भ्रममा नपरी आधिकारिक माध्यमबाट सम्प्रेषित सूचनालाई मात्र ग्रहण गरिदिन नेपाल टेलिकमले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *