रुकुम पश्चिममा जीप दुर्घटना, ४ जनाको मृत्यु
दाङ। रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ८ दुलीमा जीप दुर्घटना भएको छ। बिहीबार बिहान भएको दुर्घटनामा परेर चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्।
सानीभेरी गाउँपालिका– ५ मेलचौरबाट जिल्ला सदरमुकाम खलंगा जादै गरेको लु १ ज १७४७ नम्वरको जीप दुलीको मोतिखोलामा दुर्घटना भएको हो।
सो दुर्घटनामा परेर सानीभेरी गाउँपालिका ५ का देउचन खत्री, सोही वडाका कर्ण बहादुर बाँठा, बाँफिकोट गाउँपालिका–८ की रेखा खत्री र उनको छोराको घटनास्थल मै मृत्यु भएको छ।
दुर्घटनामा परेर आठ जना घाइते भएका छन्। उनीहरुलाई उद्धार गरेर उपचारको पठाईएको छ।
दुर्घटनाको पुरा विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। जीप सडकबाट करिब चार सय मिटर तल खसेको बताइएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment