आजको मौसमः पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव स्थानीय वायुमा रहने
काठमाडौं। पछिल्लो समय पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव स्थानीय वायुमा परिरहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुुुसार देशभर आंशिकदेखि सामान्य बदली रही मधेश प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा र बाँकी भूभागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
आज राति भने देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रही कोशी प्रदेशका थोरै स्थानहरुमा र देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment