आजको विनिमय दरः डलरकाे भाउ १३२ रूपैया नाघ्याे
काठमाडौं। नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि बिनिमय दर सार्बजनिक गरेकाे छ। जसअनुसार बिहिवारको तुलनामा शुक्रबार अमेरिकी डलरकाे बिनिमयदरमा केही गिरावट आएको छ। आज अमेरिकी डलर एकको खरिद दर १३२.०९ रुपैयाँ रहेको छ भने बिक्री दर १३२.६९ रुपैयाँ रहेको छ।
त्यस्तै युरोपियन युरो एकको खरिद दर १४१.६५ रुपैयाँ रहेको छ भने बिक्री दर १४२.३० रुपैयाँ रहेको छ। यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६३.२४ रुपैयाँ रहेको छ भने बिक्री दर १६३.९८ रुपैयाँ रहेको छ भने अस्ट्रेलियन डलर एकको खरिद दर ८६.२४ रुपैयाँ रहेको छ भने बिक्री दर ८६.६३ रुपैयाँ रहेको छ।
साउदी रियाल एकको खरिद दर ३५.२२ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.३८ रुपैयाँ रहेको छ। मलेसियन रिंगिट एकको खरिद दर २८.५६ रुपैयाँ रहेको छ भने बिक्री दर २८.६९ रुपैयाँ रहेको छ।
साथै, साउथ कोरियन वन १०० को खरिददर ९.९५ रुपैयाँ छ भने बिक्री दर १० रुपैयाँ छ भने क्यानेडियन १ को खरिददर ९७.१३ र बिकी दर ९८.५७ रहेको राष्ट्र बैंकले जनाएको छ।







डिसी नेपाल







Facebook Comment