लगानीकर्ताहरूले कांग्रेसका सभापति देउवालाई बुझाए ६ बुँदे ज्ञापनपत्र

डिसी नेपाल
१२ जेठ २०८० १०:२८
108
Shares

काठमाडौँ। सेयर बजारका लगानीकर्ताहरुले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर ६ बुँदे मागसहित ज्ञापनपत्र बुझाएका छन्। लगानीकर्ताहरुले सभापति देउवासँग भेट गरी पुँजी बजार सुधारका लागि विभिन्न मागहरु प्रस्तुत गरेका हुन्।

उनीहरुले प्रमुख मागका रुपमा रहेका खुला रुपमा नयाँ ब्रोकर लाइसेन्स, नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाइसेन्स वितरण प्रक्रिया बिना ढिलासुस्ती कार्यान्वयन गर्न माग गरिएको छ। बिहिबार नेपाल इन्भेष्टर्स फोरम, सेयर लगानीकर्ता संघ नेपाल र नेपाल पुँजी बजार लगानीकर्ता संघका प्रतिनिधिहरुको टोलीले सभापति देउवालाई भेटेका हुन्।

यस्तै, लगानीकर्ताले १२ करोडसम्मको सेयर कर्जाको सीमाले सेयर बजारलाई निरुत्साहित गरेकोले सो व्यवस्थालाई फिर्ता लिन, सेयर कर्जामा लगाइएको १५० प्रतिशतको जोखिम भारित औसतलाई १०० प्रतिशत नै कायम गर्नुपर्ने माग राखेका छन्। साथै लगानीकर्ताले प्रधानमन्त्री सामू अन्य माग पनि पेश गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *