समिट लघुवित्तको चौधौँ वार्षिक साधारणसभा स्थगित

डिसी नेपाल
१२ जेठ २०८० १०:४८
68
Shares

काठमाडौँ। समिट लघुवित्त वित्तीय संस्थाको चौधौँ वार्षिक साधारणसभा स्थगित भएको छ। समिटले शुक्रबार एक सूचना जारी गर्दै विशेष कारणबस साधारण सभा स्थगित गरेको जनाएको छ।

कम्पनीले साधारणसभा लागि अर्को सूचना जारी नभएसम्मको लागि स्थगित भएको बताएको हो। सभा स्थगित गर्नुको कारण भने खुलाइएको छैन। यसअघि लघुवित्तको सञ्चालक समितीको जेठ ८ गते बसेको बैठकले जेठ ३० गते अरनिको पार्टीप्यालेस बनेपा काभ्रेपलाञ्चोकमा बिहान साढे १० बजे बोलाएको थियो।

सभामा गत वर्षको नाफाबाट १३.५६ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो। सभा प्रयोजनका लागि जेठ १८ गते बुक क्लोजको मिति तय गरेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *