केन्द्रीय बैंकले २९ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिल निष्काशन गर्दै, आइतबार बोलकबोल हुने

डिसी नेपाल
१२ जेठ २०८० १३:३१
60
Shares

काठमाडौँ। नेपाल राष्ट्र बैंकले २९ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ। राष्ट्र बैंकले २८ दिन, ९१ दिन, १८२ र ३६४ दिन गरी ४ प्रकारको ट्रेजरी बिल निष्काशन गर्न लागेको हो।

ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो। मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि आइतबार दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ।

केन्द्रीय बैंकले २८ दिनको लागि ४ अर्ब रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो। यो ट्रेजरी असार १२ गते परिपक्व हुनेछ। ९१ दिनको लागि ७ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो। यो ट्रेजरी भद्रो १२ गते परिपक्व हुनेछ।

यस्तै, १८२ दिनको लागि ६ अर्ब  रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो। यो ट्रेजरी मंसिर १२ गते परिपक्व हुनेछ। यता, ३६४ दिनको लागि १२ अर्ब  रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो। यो ट्रेजरी २०८१ जेठ १५ गते परिपक्व हुनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *