युनाइटेड र अजोड इन्स्योरेन्सको सेयर कारोबार रोक्का, यस्तो छ कारण
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको सेयर कारोबार रोक्का भएको छ। युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्सको सेयर कारोबार आइतबार (जेठ १४ गते)देखि रोक्का हुने भएको छ।
यी दुवै कम्पनी एक आपसमा प्रक्रिया पूरा गरी एकीकृत कारोबार प्रारम्भ भएको मितिबाट १५ दिनका लागि नेप्सेले सेयर कारोबार रोक्का गरिएको हो। यी दुई कम्पनीहरुले वैशाख २५ गते वार्षिक साधारणसभाले गरि मर्जर प्रक्रियालाई पारित गरेको थियो।
युनाइटेड अजोड इन्स्योरेन्सको नामबाट एकीकृत निर्जीवन बीमा कारोबार सञ्चालन गर्न लागिएको हो। युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्सको सेयर आदानप्रदान अनुपात १००ः८२.५ मा मर्ज भएका हुन्। मर्जरपछि कम्पनीको केन्द्रीय कार्यालय काठमाडौँको सुन्धारामा रहनेछ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment