मर्चवारीमा खुल्यो आँखा उपचार केन्द्र

डिसी नेपाल
१२ जेठ २०८० १५:३८

भैरहवा। रुपन्देहीको मर्चवारमा आँखा उपचार केन्द्रको शाखा स्थापना गरिएको छ । आँखाको कुनै पनि समस्या भए भैरहवा आउनुपर्ने बाध्यताको अन्त्यका लागि स्थानीयस्तरमा आँखासम्बन्धी सेवा प्रदान गर्न मर्चवारी–२ अमवामा आखा उपचार केन्द्रबाट सेवा सुरु गरिएको हो ।

नेपाल नेत्रज्योति संघ लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर र मर्चवारी गाँउपालिकाको सहकार्यमा आँखा उपचार केन्द्र स्थापना गरिएको हो।

लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ता, नेत्र ज्याति संघ रुपन्देहीका सभापति सागर प्रताप राणा र मर्चवारी गाँउपालिका अध्यक्ष गया प्रसाद बरईले  संयुक्त रूपमा आँखा अस्पतालको उद्घाटन गरेका हुन ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *