आमिर खान ‘दंगलकी छाेरी’ फातिमा सनासँग डेटमा

डिसी नेपाल
१४ जेठ २०८० ८:५८
13.6k
Shares

मुम्बइ। आमिर खान आजकल चर्चामा छन्, जसको कारण कुनै आगामी फिल्मसँग नभई उनको व्यक्तिगत जीवनसँग जोडिएको छ। वास्तवमा, हालै मिस्टर परफेक्शनिस्ट दंगलमा छोरीको भूमिका निभाएकी अभिनेत्री फातिमा सना शेखसँग देखिएका थिए।

यसै क्रममा दुवैलाई सँगै देखेपछि सामाजिक सञ्जालमा अभिनेताको डेटिङको हल्लाले तिब्रता लिएको थियो र फ्यानहरुले आ–आफ्ना प्रतिक्रिया दिएका थिए। यसै क्रममा ट्वीटरमा के आरकेले बलिउड अभिनेता आमिर खानले आफ्नी सह-कलाकार अभिनेत्री फातिमा सनासँग विवाह गर्ने नयाँ दाबी गरेका छन्, जुन उनको तेस्रो विवाह हुनेछ।

वाईआरएफको ठग्स अफ हिन्दोस्तानमा सँगै काम गरेपछि फ्यानले आमिर खान र फातिमा सनाको जोडीलाई हेरिरहेका थिए। यसै क्रममा दुवैको डेटिङको हल्ला चलेको थियो। यसैबीच, दुवै स्टारको एक भिडियो सार्वजनिक भएको छ, जसमा उनीहरु पिकलबल खेल्दै देखिएका छन्। यो भिडियो हेरेपछि फ्यानहरुले पनि प्रतिक्रिया दिएका छन्।

तर अहिले केआरकेले ट्वीट गर्दै दावी गरेका छन्। उनले लेखेका छन्, ‘ब्रेकिंग न्यूजः आमिर खान छिट्टै आफ्नी छोरी फातिमा सना शेखसँग विवाह गर्न लागेका छन्। आमिर खान आफ्नो फिल्म दंगलको समयदेखि सनालाई डेट गरिरहेका छन्’

यो ट्वीट देखेपछि मानिसहरुले अभिनेतालाई ट्रोल र प्रतिक्रिया दिन थालेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *