अवैध लागूऔषधसहित तीन जना पक्राउ
काठमाडौँ। अवैध लागूऔषधसहितसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
चितवन, भरतपुर महानगरपालिका-१६ सूर्योदय टोलबाट नियन्त्रित लागूऔषध डाइजेपाम १ सय ५२ एम्पुल, नुर्फिन १ सय ५२ एम्पुल र फेनारगन १ सय ५१ एम्पुलसहित बारा घर भएका २१ वर्षीय रबिन कुमार यादवलाई प्रहरीले पक्राउ गरेको हो।
भरतपुर महानगरपालिका-१६ सूर्योदय टोल बस्ने २९ वर्षीय रुपेश लामाको घरमा लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय नारायणगढ र अस्थायी प्रहरी पोष्ट शरणपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी रबिनलाई पक्राउ गरेको हो। हाल फरार रुपेश लामाको प्रहरीले खोजी गरिरहेको छ।
कञ्चनपुर, बेलौरी नगरपालिका-१० कानीखल्लाबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ६ ग्राम ९२ मिलिग्रामसहित बेलडाँडी गाउँपालिका-१ बस्ने २१ वर्षीय अर्जुन चौधरीसमेत २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी भुडासमेतबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment