सरकारले आज बजेट ल्याउँदै

डिसी नेपाल
१५ जेठ २०८० ६:४४
164
Shares

काठमाडौं। आर्थिक बर्ष २०८०/८१ को बजेट आज सार्वजनिक हुँदैछ। संघीय संसद भवन बानेश्वरमा बस्ने बैठकमार्फत सो बजेट सार्बजनिक हुन लागेको हो। बैठक दिउँसो ४ः१५ बजे बोलाइएको छ।

‘अर्थमन्त्री डा. प्रकाशशरण महतले आ.ब २०८०/८१ को राजश्व र व्ययको बार्षिक अनुमान (बजेट) पेश गर्नु हुने’ सम्भावित कार्यसूचीमा उल्लेख छ।

नयाँ संविधान जारी भए पछि हरेक गणतन्त्र दिवसका दिन अर्थात् जेठ १५ गते नयाँ बजेट सार्वजनिक गर्दै आइएको छ। यो संबैधानिक बाध्यता भएकाले पनि सरकारले आजैका दिनमा बजेट सार्वजनिक गर्न लागेको हो।

बजेट सार्वजनिक गर्ने कार्यक्रममा प्रधानमन्त्री, मन्त्रिपरिषदका सदस्य, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, गभर्नरलगायतको सहभागिता रहने प्रचलन छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *