तीन कम्पनीको १ करोड बढी सेयर नेप्सेमा सूचीकृत
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज तीन कम्पनीको १ करोड २६ लाख ३३ हजार २५८.५८ कित्ता सेयर सूचीकृत भएको छ। सेयर सूचीकृत हुनेमा हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी, प्रभु इन्स्योरेन्स र स्वरोजगार लघुवित्त वित्तीय संस्था रहेको छ।
हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्टको १ करोड ६ लाख ३८ हजार १३३.७५ कित्ता बोनस सेयर सूचीकृत भएको हो। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट ५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।
प्रभु इन्स्योरेन्सको ८ लाख ६४ हजार १०६.७६ कित्ता बोनस सेयर सूचीकृत भएको हो। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट ६.७० प्रतिशत बोनस सेयर वितरण गरेको थियो।
स्वरोजगार लघुवित्तको ११ लाख ३१ हजार १८.०७ कित्ता बोनस सेयर सूचीकृत भएको हो। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट २२ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment