आज पनि अहमदाबादमा वर्षाको सम्भावना, आइपीएल फाइनल हुन सकेन भने के हुन्छ ?

डिसी नेपाल
१५ जेठ २०८० १६:०५
5.8k
Shares

काठमाडौं । आइपिएल २०२३ को उपाधिका लागि आइतबार अहमदाबादमा हुने खेल वर्षाका कारण सोमबारका लागि स्थगित भएको छ । वर्षा यति बलियो थियो कि चेन्नई सुपर किंग्स र गुजरात टाइटन्सका कप्तान टसका लागि मैदानमा समेत आउन सकेनन् ।

यसपछि सोमबार अहमदाबादको मौसम सफा हुने अपेक्षा गरिएको छ । तर आज पनि वर्षाका कारण खेल हुन सकेन भने कुन टोलीले उपाधि पाउने भन्नेमा शंका उत्पन्न भएको थियो ।

सोमबार पानी परे र दुई टोलीबीचको पाँच ओभरको खेल खेल्न नसके गुजरात टाइटन्सलाई विजेता घोषित गरिनेछ । किनकि गुजरात अंक तालिकामा पहिलो स्थानमा रहेको छ ।

सोमबार राति ९.३६ बजेसम्म पानी परेमा खेलको ओभर कम हुन थाल्छ । यसपछि १२ बजेर ६ मिनेटसम्म कम्तीमा पाँच–पाँच ओभरको खेल हुन नसके दुवै टोली सुपर ओभरमा जानेछन् ।

तर यदि वर्षा यति धेरै भयो कि सुपर ओभर पनि खेल्न सम्भव भएन भने लिग खेलमा सबैभन्दा बढी अंक बनाउने टोलीलाई विजेता घोषित गरिनेछ।

गुजरात टाइटन्सले लिगका कुल १४ मध्ये १० खेल जितेको छ । चेन्नई सुपर किंग्सले १४ मध्ये ८ खेल जितेको छ । २० अंकसहित गुजरात पहिलो स्थानमा छ भने १७ अंकसहित चेन्नई दोस्रो स्थानमा छ ।

मौसम जानकारी साइट एक्युवेदरका अनुसार, आज बिहान अहमदाबादमा आकाश सफा र घमाइलो हुनेछ।

तर, दिन ढल्किँदै जाँदा बादल आउने र खेल हुनुअघि अर्थात् साँझ ५ देखि ६ बजेसम्म बाक्लो बादल आउने सम्भावना छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *