आदर्शलाई डिप्रोक्स लघुवित्तले प्राप्ति गरी असार १ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने
काठमाडौँ। डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले आदर्श लघुवित्तलाई प्राप्ति गरी असार १ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन्। दुवै संस्था एक भई डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार सुरु हुने भएको हो।
यी दुवै संस्थाले फागुन ३० गते अलग अलग विशेष साधारण सभामार्फत प्राप्ति सम्बन्धी प्रस्ताव पारित गरेका थिए। राष्ट्र बैंकले बुधबार (जेठ ३ गते) पत्र पठाउँदै डिप्रोक्स लघुवित्तलाई आदर्श लघुवित्त प्राप्ति गर्न अन्तिम स्वीकृति प्रदान गरेको थियो।
यी दुई कम्पनी १ः१ अनुपातमा मर्ज भएका हुन्। मर्जरपछि कम्पनीको केन्द्रीय कार्यालय चितवनको भरतपुर–१० मा रहनेछ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment