कुमारी बैंकले ७ लाख कित्ताभन्दा बढी सेयर बिक्री गर्दै

डिसी नेपाल
१६ जेठ २०८० १०:५७
144
Shares

काठमाडौँ। कुमारी बैंकले संस्थापक समूहको सेयर मंगलबारबाट बिक्रीमा राखिएको छ। बैंकले संस्थापक समूहको ७ लाख ५७ हजार ६९९ कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखेको हो।

यो सेयरमा विद्यमान संस्थापक सेयरधनीका साथै जोकोही योग्य व्यक्ति, कम्पनी तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्। बिक्रीमा राखिएको सेयरको न्युनतम मूल्य १२१ रुपैयाँ तोकिएको छ। यसको अर्थ बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ता र अधिकतममा १० ले भाग जाने संख्यामा वा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ । सेयर खरिदका लागि यही जेठ २२ गतेसम्म आवेदन दिन सकिनेछ। आवेदन धितोपत्र बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको काठमाण्डौको लाजिम्पाटस्थित कार्यालयमा पेस गर्न सकिनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *