सेयर बजारमा पहिरो, ५३.१६ अंकले घट्यो नेप्से परिसूचक
काठमाडौँ। साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजारमा पहिरो गएको छ। मंगलबार नेप्से परिसूचक ५३.१६ अंकले घटेर १८८८.६१ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ८.७२ अंकले घटेर ३६०.७१ बिन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २७५ कम्पनीको ७० लाख ७४ हजार २५५ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ३४ करोड २७ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।
त्यस्तै, कारोबारको आधारमा शिभम् सिमेन्ट अग्रिम स्थानमा छ। यसको आज २१ करोड २४ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा ग्लोबल आईएमई बैंकको प्रमोटर सेयर र नेपाल लाइफ इन्स्योरेन्सको कारोबार भएको छ।
मंगलबारको कारोबारमा १३ वटै उपसूचक घटेर राताम्मे भएको छ। आजको कारोबारमा आत्मनिर्भर लघुवित्त र बिपीडब्लु लघुवित्तका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, श्वेत-गंगा हाइड्रो पावर र सिटिजन्स म्युचुअल फण्डका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment