कार्तिकको ‘चार विवाह’ काे गीत खिच्न मात्रै सात करोड खर्च

डिसी नेपाल
१७ जेठ २०८० १०:१३
1.1k
Shares

मुम्बई। अभिनेता कार्तिक आर्यन पुनः एक पटक अभिनेत्री कियारा आडवाणीसँग रोमान्टिक क्यामेष्ट्रीलाई पर्दामा देखाउनका लागि पूर्ण रुपमा तयार छन्।

समीर विद्वासको निर्देशनमा बनेको फिल्म ‘सत्यप्रेमकी कथा’को टिजरदेखि लिएर गीतसम्मले सबैलाई प्रभावित बनाएको छ। निर्माताले फिल्मलाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी राखेका छैनन्।

गत साता मात्र कार्तिकले फिल्मको अन्तिम गीतको सुटिङ पुरा गरेका थिए । मुम्बईको मड आइल्याण्डमा खिचिएको यो गीत कार्तिकको परिचयात्मक गीत हो। जसमा चार विवाह गुजराती, दक्षिण भारतीय, मुस्लिम र इसाई देखाइएको छ। यो गीतलाई एक ड्रीम सिक्वेन्स बताइएको छ। यो गीतको दृश्य खिच्न निर्माताले सात करोड रुपैंयाँ खर्च गरेका छन्। किनकी फिल्मको कथामा कार्तिकको भूमिका सत्यप्रेम विवाह गर्ने हुन्छ। यसकारण विवाहको यो ड्रिम सिक्वेन्स गीत उपयुक्र्त किसिमले बनाइएको छ।

गीतमा कार्तिकका अलावा कियारा पनि देखिनेछिन्। गीतमा चार विवाह खिच्न चार सेट लगाइएको थियो। इसाई धर्मको विवाहको सेट सेन्टोरिनी, ग्रीसबाट प्रेरित थियो।

गुजराती विवाहका लागि मोहल्ला बनाइएको थियो। जबकी दक्षिणको प्रसिद्ध मन्दिरलाई दक्षिण भारतीय विवाहका लागि बनाइएको थियो। मुस्लिम विवाह एक बेङ्क्वेट हलमा आयोजना गरिएको थियो। यो फिल्म २९ जुन २०२३ मा रिलिज हुँदैछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *