कुमारी बैंकको ७१ हजार २६५ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला

डिसी नेपाल
१७ जेठ २०८० ११:३४
136
Shares

काठमाडौँ। कुमारी बैंकले बुधबारदेखि बैंकको नाममा रहेको ७१ हजार २६५ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ। यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन्।

यसमा न्यूनतम ११० रुपैयाँ वा सोभन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ। लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन्। यसमा जेठ २३ गतेसम्म आवेदन दिन मिल्नेछ।

बिक्री प्रबन्धक कुमारी क्यापिटल, नागपोखरी काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ। लिलामी सेयरको आवेदन जेठ २४ गते बिहान १० बजे कुमारी क्यापिटल, नागपोखरी काठमाडौंमा खोलिनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.