सेयर बजार राताम्मे, ३८.८३ अंकले घट्यो नेप्से परिसूचक

डिसी नेपाल
१७ जेठ २०८० १५:१९
92
Shares

काठमाडौँ। साताको कारोबारको चौथो दिन बुधबार सेयर बजारमा पहिरो गएको छ। बुधबार नेप्से परिसूचक ३८.८३ अंकले घटेर १८४९.७९ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ७.२८ अंकले घटेर ३५३.४३ बिन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २६२ कम्पनीको ८७ लाख ३६ हजार १२८ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ३१ करोड २७ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा प्रभु बैंकको प्रमोटर सेयर अग्रिम स्थानमा छ। यसको आज ३४ करोड २८ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा शिभम् सिमेन्ट र स्ट्याण्डर्ड चार्टर्ड बैंकको कारोबार भएको छ।

बुधबारको कारोबारमा १३ वटै उपसूचक घटेर राताम्मे भएको छ। आजको कारोबारमा आत्मनिर्भर लघुवित्त र माई खोला हाइड्रोपावरका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, युनिलिभर नेपाल र एसियन हाइड्रोपावरका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *