डडेल्धुरामा गोठालो गएकी १० वर्षीया बालिका मृत फेला
डडेल्धुरा । डडेल्धुरामा बाख्रा चराउन गएकी एक बालिका मृत फेला परेकी छन् ।
मंगलबार जिल्लाको नवदुर्गा गाउँपालिका–५ लम्पाटीका लक्ष्मण बिककी १० वर्षीया छोरी शानु बिक मृत फेला परेको प्रहरीले जनाएको छ ।
बाख्रा चराउन जंगल गएकी उनी राती अबेरसम्म घर नआएपछि प्रहरीलाई खबर गरिएकोमा अस्थायी प्रहरी पोष्ट ठाँटाबजारबाट खटिएको टोलीले सानुलाई आज बिहान घरभन्दा एक किलोमिटर दूरीको जंगलमा मृत अवस्थामा फेला पारेको हो ।
यस विषयमा थप अनुसन्धान लागि जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट प्रहरी टोली घटनास्थलमा खटिएको छ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment