अस्कर पछिको ठुलो सिनेमा अवार्ड बाफ्टाको मिति घोषणा
लण्डन। विश्वभर ओस्कार पछि बाफ्टा अवार्डलाई प्रतिष्ठित अवार्ड मानिन्छ । यो अवार्ड जित्नु जोकोही अभिनेता अभिनेत्रीको सपना नै हुन्छ।
ब्रिटिस एकेडेमी अफ फिल्म एण्ड टेलिभिजन आर्टस् (बाफ्टा) ले सन् २०२४ को लागि मिति घोषणा गरेको छ। जस अनुसार यो अवार्ड आगामी सन् २०२४ को फेब्रुअरी १८ मा हुनेछ। अवार्डको घोषणा आगामी वर्षको ओस्कार अगाडि नै गरिनेछ।
सन् २०२४ को ९६ औं ओस्कार मार्च १० मा हुनेछ। यो अवस्थामा बाफ्टाको घोषणा आगामी वर्षको १५ देखि २५ फेब्रुअरीसम्म चल्ने बर्लिन फिल्म फेस्टिभलमा हुनेछ।
पहिलो बाफ्टा अवार्ड ७० वर्ष पहिले २९ मे १९४९ मा भएको थियो। यसमा सन् १९४७ र १९४८ को पुरस्कार फिल्म जगतका कलाकारलाई दिइएको थियो। सुरुवाती समयमा यो अवार्ड अप्रिल या मेमा हुने गथ्र्यो। तर सन् २००२१ देखि यसलाई फेब्रुअरीमा गर्न थालियो।
पहिला यो अवार्ड लण्डनमा लीसेस्टर स्क्वायरस्थित फ्लैगशिप ओडियन सिनेमामा आयोजना गरिएको थियो। सन् २००८ देखि यसलाई लण्डनस्थित रोयल ओपेरा हाउसमा दिन दिन थालियो। तर सन् २०१७ देखि भने यसलाई लण्डनको रोयल अल्बर्ट हलमा सारियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment