सनराइज बैंकको १ लाख २२ हजार ४५ कित्ता संस्थापक सेयर बिक्रीमा

डिसी नेपाल
१८ जेठ २०८० १०:४३
132
Shares

काठमाडौँ। सनराइज बैंकको १ लाख २२ हजार ४५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। बैंकले संस्थापक सेयरधनीको नाममा रहेको उक्त सेयर बिक्रीमा ल्याएको हो।

यस सेयरमा अन्य व्यक्ति, संस्था र कम्पनीले खरिद आवेदन दिन पाउनेछन्। यस सेयरमा न्यूनतम मूल्य प्रतिकित्ता १२५ रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गरी खरिद आवेदन दिनुपर्नेछ।

यस सेयरमा लगानी गर्न इच्छुक लगानीकर्ताले ७ दिनभित्र आफूले दिन चाहेको सेयर संख्या खुलाई काठमाडौँको गैह्रीधारास्थित बैंकको प्रधान कार्यालयमा रहेको सेयर रजिस्ट्री विभागमा आवेदन दिनुपर्नेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *