फ्रेन्ड्स र हिमालयनको बराबरी, पुलिसले एनआरटीलाई हरायो

डिसी नेपाल
१८ जेठ २०८० १७:४९

काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा फ्रेन्ड्स क्लब र हिमालयन शेर्पा क्लबले गोलरहीत बराबरी खेलेका छन् ।

बिहीबार ललितपुरस्थीत च्यासल मैदानमा बिहीबार फ्रेन्ड्स र हिमालयनले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । खेलमा दुई टोलीले गोल गर्ने अवसरलाई खेर फालेका थिए । बराबरीसंगै फ्रेन्ड्सले २३ खेलमा २५ अंक जोडेको समान खेल खेलको हिमालयनले ३० अंक जोडेको छ ।

त्यस्तै विहीबार नै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पुलिसले न्युरोड टिम एनआरटीलाई १–० गोल अन्तरले पराजित गर्यो । पुलिसको जितमा मोसेस ग्याबह ट्वुमले खेलको ७५ औं मिनेटमा एकमात्र निर्णायक गोल गरे । जितसंगै पुलिसले २३ खेलमा ३४ अंक जोडेको छ समान खेल खेलेको एनआरटीको २९ अंक रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *