अनलाइनमार्फत ठगी गर्ने कार्यमा संलग्न २३ वर्षीय युवक पक्राउ

डिसी नेपाल
१९ जेठ २०८० १२:२४
384
Shares

काठमाडौँ। सामाजिक संजाल फेसबुकमार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा एक युवकलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा सप्तरी बोदेबरसाइन नगरपालिका-१४ घर भई काठमाडौं महानगरपालिका-२२ सुन्धारा बस्ने २३ वर्षीय धर्मेन्द्र कुमार साह रहेका छन्।

सामाजिक संजाल फेसबुकमार्फत सम्पर्कमा आएकी केटी साथीको अनुमति बिना पीडितकै मोबाईल लिएर मोबाईल बैंकिङ तथा खातामा पहुँच पुर्‍याई विभिन्न ईसेवा तथा खल्ती वालेटमा रकम ट्रान्सफर गरी अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको खुल्न आएपछि उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौंमा पठाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *