मोटरसाइकल दुर्घटनामा २७ वर्षीय युवकको मृत्यु

डिसी नेपाल
२२ जेठ २०८० १३:०६
1.9k
Shares

भरतपुर। चितवनमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार भरतपुर महानगरपालिका–१९ का २७ वर्षीय सन्तोष गुरूङको दुर्घटनामा परेर मृत्यु भएको हो।

गुरुङले चलाएको ना ६४ प ६७० नम्बरको मोटरसाइकल आइतबार साँझ साढे ६ बजेतिर भरतपुर–५ कल्याणपुरको भित्री सडकमा अनियन्त्रित भई पल्टिएको थियो। दुर्घटनाका कारण गुरूङको नाक र मुखमा गहिरो चोट लागेको थियो।

भरतपुरमा रहेको चितवन मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचाररत गुरुङको आज बिहान ३ बजेतिर मृत्यु भएको प्रहरी प्रवक्ता पण्डितले जानकारी दिए। मृतक गुरुङको शव शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *