नक्कली पत्रकार बनेर राजस्व छलीको सामान ल्याउने दुई जना पक्राउ
काठमाडौं। नक्कली पत्रकार बनेर राजस्व छली गरेर ल्याएको सामान ल्याउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले आइतबार राति ललितपुर महानगरपालिका वडा नम्बर २६ चिवहालबाट सामान सहित दुई जनालाई पक्राउ गरेको हो ।
बारा जितपुर सिमरा उपमहानगरपालि १४ डुम्बरवाना बस्ने ३४ वर्षीय दीपकप्रसाद लामिछाने र भारत बिहार, मोतिहारी छतौनीका सचिन कुमार चौरासियालाई नियन्त्रणमा लिएको हो ।
आइतबार राति वाग्मती प्रदेश ०१–०२६ च ८९८० नम्बरको गाडीको अगाडि सिसामा प्रेस लेखिएको स्टिकर टाँसिएको थियो । त्यसपछि प्रहरीले पाएको सुचना अनुसार गाडी रोकेर चेक गर्यो ।
सवारीसाधनभित्र म्याद सकिएको प्रेस परिचय–पत्र भेटिएको थियो । त्यसपछि बिल तथा कागजात नभएका रजनीगन्धा, तुलसी, पासपास, खैनी, गुड्खाहरु, कत्थासमेत भेटिएको प्रहरीले जानकारी दिएको छ ।
अन्दाजी बीस लाख रुपैयाँ बराबरको सामान जफत भएको हो । ‘आफूलाई पत्रकार बताउने र गाडीमा पनि प्रेस लेखेर राजश्व छली गरी सामानहरु ल्याएका रहेछन् प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरको हो’, जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नवराज कार्कीले भने।
No ads found for this position

डिसी नेपाल
Facebook Comment