ग्लोबल आइएमई बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

डिसी नेपाल
२३ जेठ २०८० १४:३१
148
Shares

काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ग्लोबल आइएमई बैंकको ऋणपत्र सूचीकृत भएको छ। बैंकको ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो।

बैंकको ५ वर्ष अवधिको ‘ग्लोबल आइएमई बैंक डिबेन्चर २०८४/२०८५’’ नाममा ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो। यो ऋणपत्रका १ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख कित्ता नेप्से सूचीकृत भएको छ।

यो ऋणपत्र सनराइज क्यापिटलमार्फत सर्वसाधारणलाई बिक्री गरिएको थियो। यस ऋणपत्रमा वार्षिक ११.२५ प्रतिशत ब्याजदर पाइनेछन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *