ग्लोबल आइएमई बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

डिसी नेपाल
२३ जेठ २०८० १४:३१

काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ग्लोबल आइएमई बैंकको ऋणपत्र सूचीकृत भएको छ। बैंकको ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो।

बैंकको ५ वर्ष अवधिको ‘ग्लोबल आइएमई बैंक डिबेन्चर २०८४/२०८५’’ नाममा ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो। यो ऋणपत्रका १ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख कित्ता नेप्से सूचीकृत भएको छ।

यो ऋणपत्र सनराइज क्यापिटलमार्फत सर्वसाधारणलाई बिक्री गरिएको थियो। यस ऋणपत्रमा वार्षिक ११.२५ प्रतिशत ब्याजदर पाइनेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *