अकालमा नागरिकको ज्यान जाने सडक नबनोस् : अमरेशकुमार सिंह

डिसी नेपाल
२४ जेठ २०८० ११:३३

काठमाडौँ। प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले अकालमा जान जाने सडक बनाउने कार्य रोकिनुपर्ने बताएका छन्।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नदी किनारमा बनाइएका सडकमा सुरक्षाको मापदण्डअनुसार निर्माण नहुँदा अकालमा नागरिकले ज्यान गुमाइरहेका बताए। यसको दोषी को हो भनेर उनले प्रश्न पनि गरेका छन्।

नदी किनारमा बनाइएका सडकमा पक्की वा फलामको बारजस्ता सुरक्षाका लागि आवश्यक संरचना नबनाइएको भन्दै उनले सडकमा संख्याभन्दा सुरक्षाको मापदण्डअनुसार थोरै  बनाएर भए पनि नागरिकको जीवनरक्षा गर्नुपर्नेमा जोड दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *