जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय फिर्ता लिन गगन थापाको माग

डिसी नेपाल
२४ जेठ २०८० १२:३४
64
Shares

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले निर्वाचन कार्यालय खारेज गर्ने निर्णय फिर्ता लिन माग गरेका छन्।

बुधबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद थापाले खर्च कटौतीको बहनामा निर्वाचन आयोगका जिल्ला कार्यालय खारेज गर्ने निर्णय फिर्ता लिन माग गरेका हुन्।

कार्यालय खारेज गरेमा निर्वाचनको निष्पक्षतामा प्रश्न उठ्ने भन्दै उनले १५ करोड बचत गर्नका लागि निर्वाचनको निष्पक्षतामा सम्झौता गर्नुपर्ने अवस्थामा पुगिसकेका हो त भनेर प्रश्न गरे।

निर्वाचन आयोगको कार्यालय खारेज गर्ने निर्णयलाई तत्काल सच्याउनका उनले सरकारसँग माग गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *