यस बर्षको मिस वर्ल्ड भारतमा हुने
नयाँ दिल्ली । यस बर्षको मिस वर्ल्ड प्रतियोगिता भारतमा हुने भएको छ । मिस वर्ल्ड अर्गनाइजेसनले आज नयाँ दिल्लीमा पत्रकार सम्मेलन गर्दै सोको घोषणा गरेका हुन
अध्यक्ष जुलिया मोर्ली र जमील सैदीले दिल्लीको ओबेरोय होटलमा आयोजित पत्रकार सम्मेलनमा यसको आधिकारिक घोषणा गरेका हुन् ।
उनका अनुसार भारतमा ३० दिनसम्म १४० देशका प्रतिनिधिको उपस्थिति रहनेछ । पत्रकार सम्मेलनमा बोल्दै मिस वर्ल्ड २०२१ कारोलिना बिलावस्काले भनिन्, ‘हामी यहाँ भारतमा १४० राष्ट्रहरूसँग पूरै महिना बिताउने छौं’ उनले भनिन, ‘भारत मिस वर्ल्ड यहाँको विविधताको प्रतिनिधित्व गर्दछ।’
लाईफ स्टाईल एसियाका अनुसार ७१ औं मिस वल्र्ड प्रतियोगिताका लागि संसार भरीका इच्छुक प्रतियोगीहरुले प्रतिक्षा गरिरहेको उनको भनाई छ ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment