साना किसान र आरएमडीसी लघुवित्त मर्ज हुने, राष्ट्र बैंकबाट पायो स्वीकृति
काठमाडौं । नेपाल राष्ट बैंकले साना किसान विकास लघुवित्त र आरएमडीसी लघुवित्त वित्तीय संस्थालाई मर्जरका लागि अन्तिम स्वीकृति दिएको छ।
राष्ट्र बैंकले जेठ २४ गते पत्र पठाउँदै यी दुवै लघुवित्तको मर्जरलाई अन्तिम स्वीकृति प्रदान गरिएको जानकारी गराएको हो। यी दुई लघुवित्तबीच एक आपसमा मर्जरमा जानका लागि सागत भदौ ३१ सम्झौतापत्रमा हस्ताक्षर भइसकेको छ।
साना किसान र आरएमडीसी लघुवित्तबीच १००ः८७ सेयर स्वाप अनुपातमा मर्ज हुन लागेको हो। अर्थात् साना किसानको १०० कित्ता सेयर हुनेले मर्जपछि बन्ने संस्थाको ८७ कित्ता सेयर पाउनेछन्।
मर्जरपछि एकीकृत वित्तीय संस्थाको नाम ‘साना किसान आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेड’ हुने सहमति भएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment