उन्नति सहकार्य लघुवित्तको ३८ हजार ९९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाडौँ। उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले ३८ हजार ९९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। संस्था बिक्रीमा रखिएको यस सेयरमा विद्यमान सेयरका साथै जोकोही योग्य व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन पाउने छन्।
यस सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३५० रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ता र अधिकतममा १० भागले संख्यामा खरिद आवेदन दिन सकिनेछ।
यस सेयरमा लगानी गर्न इच्छुक लगानीकर्ताले आउँदो असार ३ गतेसम्म धितोपत्र बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको काठमाडौँको लाजिम्पाटस्थित कार्यालयमा बुझाउनुपर्नेछ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment