रिलायन्स फाइनान्सले गर्यो लाभांश दिने घोषणा

डिसी नेपाल
२८ जेठ २०८० १०:४१
68
Shares

काठमाडौँ। रिलायन्स फाइनान्सले आफ्नो सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ। शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ६.५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो।  साथै, बोनसमा लाग्ने कर तिर्न ०.३४ प्रतिशत नगद लाभांश पनि दिने भएको छ।

कम्पनीले हाल कायम चुक्तापुँजी १ अर्ब ५ करोड ३० लाख ६ हजार ३१९ रुपैयाँको ६.५ प्रतिशतले हुन आउने ६ करोड ८४ लाख ४५ हजार ४११ रुपैयाँबराबरको बोनस सेयर र बोनसमा लाग्ने कर तिर्न ०.३४ प्रतिशतले हुन आउने ३६ लाख २ हजार ३९० रुपैयाँबराबरको नगद लाभांश दिने भएको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *