दुई कम्पनीको सेयर भाउमा पोजेटिभ सर्किट

डिसी नेपाल
२८ जेठ २०८० १२:००
460
Shares

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको सेयर भाउमा सकारात्मक सर्किट लागेको छ।

आइतबारको कारोबारमा भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी र सिटी होटलको सेयर भाउमा सकारात्मक सर्किट लागेको हो। यी दुईवटै कम्पनीको सेयर भाउ १० प्रतिशतले बढेर सर्किट लागेको हो।

भूगोल इनर्जीको सेयर भाउ २२ रुपैयाँ ३० पैसाले बढेर २ सय ४५ रुपैयाँ ३० पैसा र सिटी होटलको सेयर भाउ ११ रुपैयाँ ३० पैसाले बढेर १ सय २२ रुपैयाँ २० पैसा पुगेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *