सेयर बजारमा हरियाली, ४०.४८ अंकले बढ्यो नेप्से परिसूचक

डिसी नेपाल
२८ जेठ २०८० १५:१६
144
Shares

काठमाडौँ। साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार बढेको छ। आइतबार नेप्से परिसूचक ४०.४८ अंकले बढेर १९८०.०९ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ६.१० अंकले बढेर ३७०.५२ बिन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २७५ कम्पनीको ९५ लाख २८ हजार २५५ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ४५ करोड ४३ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा नागरिक लगानी कोषअग्रिम स्थानमा छ। यसको आज १० करोड १३ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा आइजिआइ शिभम् सिमेन्ट र आइजिआइ प्रुडेन्सियल इन्स्योरेन्सको कारोबार भएको छ।

आइतबारको कारोबारमा १३ वटै उपसूचक बढेर हरियाली छाएको छ। आजको कारोबारमा भूगोल इनर्जी र सिटी होटलका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, ग्लोबल आईएमई ब्यालेन्स फण्ड र समेगा म्युचुअल फण्डका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *