सुनको मूल्य घट्यो, तोलाको कति पुग्यो ?
काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य घटेको छ। सोमबार सुनको मूल्य प्रति तोलामा १ लाख १२ हजार ४०० रुपैयाँ कायम भएको छ।
आइतबार प्रति तोला १ लाख १२ हजार ५०० रुपैयाँमा कारोबार भई रहेको छापावाला सुन आज १ सय रुपैयाँले घटेर प्रति तोला १ लह १२ हजार ४ सय रुपैयाँमा कारोबार भई रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै, तेजाबी सुनको मूल्य १ लाख ११ हजार ८ सय ५० रुपैयाँ कायम भएको छ।
यता, चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय ४५ रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला १० रुपैयाँले घटेको छ। आइतबार चाँदी प्रति तोला १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको थियो।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment