फलफूल तथा तरकारीकाे आजको मूल्य : मालदह आँप ७० रुपैँया, लसुन २३० रुपैँया

डिसी नेपाल
३० जेठ २०८० ९:१३
2.4k
Shares

काठमाडौँ।  कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ।

जसअनुसार लोकल गाजरको प्रतिकेजी न्यूनतम मूल्य ११०, मटरकोशा प्रतिकेजी मूल्य १८० रुपैयाँ, कुरीलो प्रतिकेजी २५०,काउली स्थानिय प्रतिकेजी मूल्य ४० रुपैयाँ, आलु रातो ४० रुपैयाँ, नेपाली गोलभेडा ठूलो ३० रुपैयाँ कायम भइ कारोबार भइरहेको छ।

त्यसैगरी, डल्लेच्याउ प्रतिकेजी ३२० रुपैयाँ ,ब्रोकाउली ७०,कागती १५० रुपैयाँ,चमसूरको साग रू १०० रुपैयाँ, न्यूरो ७० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ५० रुपैयाँ, लोकल काक्रो ७० रुपैयाँ, अदुवा प्रतिकेजी २८० रुपैयाँ रहेको समितिले जनाएको छ।

समितिका अनुसार तरबुजा प्रतिकेजी ४०,अनार ३८० रुपैयाँ, किवि ५०० रुपैयाँ, हरियो खुर्सानी अकबरे १५० रुपैयाँ,रहु माछा ३१५,ताजा माछा (मुंगरी) रू ३२० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको छ।

उता, मालदह आँप ७० रुपैयाँ, लसुन २३० रुपैयाँ, चाइनिज लसुन २३६ रुपैयाँमा काराेबार भइरहेकाे छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *