ईसेवा मनि ट्रान्सफर र नबिल बैंकबीच रेमिट्यान्स भुक्तानी सम्झौता

डिसी नेपाल
३० जेठ २०८० ११:४१
92
Shares

काठमाडौँ। ईसेवा मनि ट्रान्सफर र नबिल बैंकबीच रेमिट्यान्स भुक्तानी सम्बन्धि सम्झौता भएको छ। यस सम्झौता अन्तर्गत, अब विदेशबाट ईसेवा मनि ट्रान्सफर मार्फत पठाएको रेमिट्यान्स्, नबिल बैंकको नेपालका सातै प्रदेशमा रहेका २५५ शाखा मध्ये जुनसुकै शाखाबाट पनि भुक्तानी गर्न सकिनेछ।

यस सम्झौता बमोजिम, अब विदेशमा रहेका नेपालीहरुले सिधै नबिल बैंकको खातामा पैसा पठाई नगद भुक्तानी गर्न सक्नु हुनेछ।सम्झौता पत्रमा ईसेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत श्री अजेश कोइराला र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत श्री ज्ञानेन्द्रप्रसाद ढुंगानाले हस्ताक्षर गरे।

ईसेवा मनि ट्रान्सफरकले परम्परागत शैलि तथा डिजिटल माध्यमबाट इसेवा वालेटका ७५ लाख भन्दा बढी प्रयोगकर्ताहरुको साथै नेपालका प्रायजसो सबै बैंक तथा वित्तिय संस्थाको खातामा विप्रेषण रकम भित्राउँदै आएको छ। ईसेवा मनि ट्रान्सफरकले सेवाग्राहीहरुलाई आफ्ना १,७५००० भन्दा बढी क्यास प्वाइन्ट मार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ।

सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त ईसेवा मनि ट्रान्सफर, देशभरका एक करोड ६० लाख भन्दा बढी जनसंख्या र एक लाख बढी संस्थाहरुलाई फिनटेकमा आधारित भुक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको सहायक कम्पनी पनि हो।

नबिल बैंक लिमिटेडले ३८ वर्षदेखि देशव्यापी रूपमा आफ्ना ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ। नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेर २०४१ असार २९ गते स्थापना भएको नबिल बैंक, नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजतपत्र वित्तीय संस्थाको रूपमा सञ्चालन भई रहेको छ। हाल, ७ प्रदेश र ७७ ओटै जिल्लामा रहेका २५५ शाखाहरुका साथ, नबिल बैंक धेरै रुचाइएको बैंक बन्न सफल भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *