जेठ ३१ गतेदेखि हाँस्य टेलिशृंखला ‘ख्यालठट्टा’ प्रसारण हुँदै
काठमाडौं । हाँस्य टेलिशृंखला ‘ख्यालठट्टा’ जेठ ३१ गतेदेखि प्रसारण हुने भएको छ। यो कार्यक्रम हरेक बुधबार राती ८ः४५ बजे एनएनटिभीमा प्रसारण हुनेछ। त्यसपछि ९ः१० मा एनस्क्वायर युट्युब च्यानलमा प्रसारण हुनेछ।
नेत्र राउत निर्देशित तथा लिखित कार्यक्रममा राजाराम पौडेल, विनोद राई, नविना सिलवाल (खुइली), पवन खतिवडा (माकुरी), सन्देश लामिछाने, नेत्र राउत, सलोनी कार्की, नबुजंग थापा, विरेन्द्र मुखिया, रमेश सापकोटालगायत कलाकारको अभिनय रहनेछ। निर्देशक राउतले कार्यक्रम विशुद्ध मनोरञ्जनात्मक रहने बताए।
यसको छायांकन काभ्रे ढुङखर्क लप्सिबोटमा भइरहेको छ। छायांकन प्रवेश पोखरेल र कृष्ण महरा छायांकन गरेको कार्यक्रमलाई राजेन्द्र मानन्धरले सम्पादन गर्नेछन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment