दुई कम्पनीले आईपीओ जारी गर्न बोर्डसँग मागे अनुमति

डिसी नेपाल
३१ जेठ २०८० १०:०२
244
Shares

काठमाडौं। दुई कम्पनीले आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति माग गरेको छ। सानिमा हाइड्रोपावर र कान्तिपुर टेलिभिजन नेटवर्कले आइपिओ जारी गर्न अनुमति माग गरेको हो।

धितोपत्र बोर्डसँग सानिमा हाइड्रोपावरले २४ लाख ५० हजार कित्ता आईपीओ जारी गर्न अनुमति माग गरेको हो। कम्पनीले प्रति कित्ता १ सय अंकित मुल्यमा २४ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्न लागेको हो। यो सेयर स्थानीय बासिन्दा र सर्बसाधारणलाई जारी गर्नेछ।

यस्तै, मकर जीतुमाया सुरी हाइड्रोपावर कम्पनीले ७ लाख ५० हजार कित्ता आईपीओ जारी गर्न अनुमति माग गरेको हो। कम्पनीले प्रति कित्ता १ सय अंकित मुल्यमा ७ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्न लागेको हो।

यी दुवै कम्पनीमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटलले गर्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *