नेसनल माइक्रोफाइनान्सको बोनस सेयर डिम्याट खातामा
काठमाडौँ। नेसनल माइक्रोफाइनान्सले १५ प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ।
कम्पनीले वैशाख ३ गतेसम्म सेयर डिम्याट गराएकाहरुको बोनस सेयर खातामा पठाइदिएको हो। तर, अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ।
त्यसपछि मात्र बोनस जम्मा गरिने कम्पनीले जनाएको छ। कम्पनीको १५ वैशाखमा सम्पन्न सभाले गत आर्थिक वर्षको नाफाबाट १५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment