दोहोरो अंकले बढ्यो नेप्से परिसूचक, ५ अर्बमाथिको कारोबार

डिसी नेपाल
३१ जेठ २०८० १५:१७
292
Shares

काठमाडौँ। साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार बढेको छ। बुधबार नेप्से परिसूचक १६.४२ अंकले बढेर २०३७.०६ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.८२ अंकले बढेर ३८३.६९ बिन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २७५ कम्पनीको १ करोड २५ लाख ६१ हजार ४४०  कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब १ करोड ७८ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा शिभम् सिमेन्ट अग्रिम स्थानमा छ। यसको आज २८ करोड १७ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा हिमालयन डिस्टिलरी र नेपाल लाइफ इन्स्योरेन्सको कारोबार भएको छ।

बुधबारको कारोबारमा १३ वटै उपसूचकमध्ये ६ उपसुचक घटेको छ भने बाँकी सबै उपसुचक बढेको छ। आजको कारोबारमा खप्तर्ड लघुवित्त र सिटी होटलका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, राष्ट्रिय बीमा कम्पनी र मोलुंग हाइड्रोपावरका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *