बिहीबार घट्यो अमेरिकी डलरको भाउ, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

डिसी नेपाल
३२ जेठ २०८० ८:५७
940
Shares

काठमाडौँ। अमेरिकी डलरको भाउ घटेको छ। नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गर्दै अमेरिकी डलर एकको खरिददर १३१ रूपैयाँ ०६ पैसा र बिक्री दर १३१ रूपैयाँ ६६ पैसा कायम गरिएको छ। बुधबार अमेरिकी डलर एकको खरिद दर १३१ रूपैयाँ ५० पैसा र बिक्री दर १३२ रूपैयाँ १० पैसा रहेको थियो।

यता, युरोपियन युरोको खरिद दर १४१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४२ रुपैयाँ २७ पैसा तोकिएको छ। बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६५ रुपैयाँ ६८ पैसा र बिक्रीदर १६६ रुपैयाँ ४४ पैसा, अष्ट्रेलियन डलरको एकको खरिदमा ८८ रुपैयाँ ९८ पैसा र बिक्रीमा ८९ रुपैयाँ ३९ पैसा र क्यानेडियन डलर एकको खरिदमा भने ९८ रुपैयाँ ६० पैसा र बिक्रीमा ९९ रुपैयाँ ०६  पैसा निर्धारण गरेको छ।

यस्तै, जापानी यन एकको खरिददर ९ रुपैयाँ ३६ पैसा र बिक्रीदर ९ रुपैयाँ ४० पैसा र चाइनिज युअन एकको खरिददर १८ रुपैयाँ ३१ पैसा र बिक्रीदर १८ रुपैयाँ ४० पैसा कायम गरिएको छ।

यता, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ११ पैसा कायम गरिएको छ। युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ६८ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८५ पैसा, साउदी अरेबियन एकको खरिददर ३४ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३५ रुपैयाँ १० पैसा र मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ३६ पैसा र बिक्रीदर २८ रुपैयाँ ४९ पैसा कायम गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *