अमेरिकामा दुगड ग्रुपका अध्यक्ष मोतीलाल दुगड सम्मानित

डिसी नेपाल
३२ जेठ २०८० १४:०१
68
Shares

काठमाडौँ।  एम.भी. दुगड ग्रुपका अध्यक्ष मोतीलाल दुगड सम्मानित भएका छन् । अमेरिकाको मेरिल्याण्ड राज्यसभाद्धारा कदर स्वरुप अध्यक्ष दुगड सम्मानित भएका हुन्।  यो सम्मान पाउने उनी पहिलो नेपाली हुन्।

विगत लामो समयदेखि नेपालको आर्थिक समृद्धि तथा रोजगारी सृजनामा उनले गरेको योगदानका लागि उनी सम्मानित भएका हुन्।

दुगड परिवारको व्यावसायिक यात्रालाई अझ समृद्ध र सबल बनाउँदै एम.भी. दुगड ग्रुप अन्तर्गत दर्जनौं उद्योग, फर्म तथा कम्पनीहरुमार्फत नेपालको उद्योग तथा व्यवसायको उत्थानमा लागि रहेका दुगड एम.भी. दुगड ग्रुपको कार्यकारी अध्यक्ष हुन्।

नेपालको बैंकिङ, लाइफ इन्स्योरेन्स, जेनरल इन्स्योरेन्स, जलविद्युत, कमर्सियल गाडी, कृषि सम्बन्धि उपकरण, निर्माण उपकरण लगायत आयात तथा बेचविखन कार्य गरिरहेको यो समुह नेपालको एक चिरपरिचित व्यावसायिक समूह हो। उनी विभिन्न सामाजिक तथा परोपकारी कार्यहरुमा समेत संलग्न रहँदै विभिन्न संस्थाहरुमा पनि आवद्ध छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *